आज एकैदिन ८९५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या झण्डै ५ हजार पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज एकैदिन देशभर ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घण्टामा ५ हजार ९०९ नुमना परीक्षण गरिएकोमा ८९५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार नजिक पुगेको छ । अहिले ४ हजार ९३४ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको छ । पछिला तीन साता यता नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?