Health TV Online
Health TV Online

अफ्रिकाबाहिर पहिलोपटक स्पेन र ब्राजिलमा मंकीपक्स संक्रमितको मृत्यु

अफ्रिकाबाहिर पहिलोपटक स्पेन र ब्राजिलमा मंकीपक्स संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन : अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरस संक्रमणका कारण ब्राजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ। त्यसको केहीबेरमा स्पेनले समेत भाइरस जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ जुन युरोपमै पहिलो घटना हो।

गतसाता विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। तर त्यसको संक्रमण धेरैजसो मध्यमखालको र आम जनसङ्ख्यामा जोखिम कम हुने गरेको पाइन्छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने ती व्यक्ति लिम्फोमा भनिने एक प्रकारको क्यान्सरबाट पीडित रहेको र कमजोर प्रतिरक्षा प्रणाली, तथा एउटाभन्दा धेरै रोगले ग्रसित अवस्थामा रहेको बताएको छ।

ब्राजिलमा अहिलेसम्म मङ्कीपक्सबाट १,०६६ संक्रमित पुष्टि भएका र ५१३ जना सन्दिग्ध बिरामी रहेको बताइएको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयको अनुमानमा ९८ प्रतिशत पुष्टि भएका घटना पुरुषसँग यौन सम्पर्क राख्ने पुरुषहरूमा देखिएको छ। स्पेनको स्वास्थ्य मन्त्रालयले आफ्नो एउटा विवरणमा ३,७५० संक्रमित जानकारीमा रहेको जनाएको छ। जसमध्ये ३ दशमलब २ प्रतिशत अर्थात् १२० जना अस्पताल भर्ना भएको र १ जनाको मृत्यु भएको जनाएको छ।

बीबीसीबाट :

 

 

थप समाचार