लायन्स क्लब अफ काठमाडौं ब्राभो र ओखलढुंगा पोकली वाटरफलको आयोजनामा रक्तदान कार्यक्रम
हेल्थ टिभी अनलाइन\काठमाडाैं : रगतको अभावलाई पूर्ति गर्ने उद्देस्यले लायन्स क्लब अफ ब्राभो तथा लायन्स क्लब अफ पोकली वाटरफलले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
लायन्स क्लब अफ ब्राभोका अध्यक्ष आदर्श कुमार श्रेष्ठले मानिसको जिवन बचाउने कार्यका लागि रगत अत्यावस्यक भएकोले क्लबले रक्तदानको कार्यक्रम आयोजना गरेको जानकारी दिए । उक्त रक्तदान कार्यक्रममा लायन्स क्लबका पाष्ट डिस्ट्रिक गर्भनर रुद्र ज्ञवालीले रक्तदान महादान भएकोले रक्तदान गर्नका लागि प्रेरित गर्नुपर्ने बताए ।
लायन्स क्लब अफ पोकली वाटरफलकी अध्यक्ष वर्षा राउतले रक्तदानको मानव जिवनमा ठूलो महत्व भएकोले रक्तदानप्रति मानिसलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन ।
उक्त कार्यक्रममा रक्तदान गर्नेहरुलाई पाष्ट डिस्ट्रिक गर्भनर रुद्र ज्ञवाली, लायन्स क्लब अफ काठमाडौ ब्राभोका अध्यक्ष आदर्श कुमार श्रेष्ठ र लायन्स क्लब अफ पोकली वाटरफलकी अध्यक्ष वर्षा राउतले प्रमाणपत्र वितरण गरेका थिए ।
रक्तदान कार्यक्रममा ग्राण्डी अन्टराष्ट्रियअस्पतालबाट डा विपीन नेपालको संयोजकत्वमा स्वास्थ्यकर्मीहरुको टोली आएको थियो । लायन्स क्लबका सदस्यहरुलाई रगत आवस्यक परेको अवस्थामा ग्राण्डी अस्पतालले प्राथमिकता दिने भएको छ । काठमाडौंमा सम्पन्न रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण