उपचारका क्रममा शिशुको मृत्युपछि अस्पतालका चिकित्सक र नर्स कोठामै थुनिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : भरतपुर अस्पतालमा उपचारका क्रममा एक जना शिशुको मृत्यु भएपछि आफन्तले अस्पतालका चिकित्सक र नर्सलाई कोठामा थुनेका छन्। उपचारमा लापरवाही भएको भन्दै आफन्तले भरतपुर अस्पतालका चिकित्सक र नर्सलाई कोठामा थुनेका हुन् ।
भरतपुर महानगरपालिका १५ पार्वतीपुरका शोभा लम्साल र राम लम्सालको ३ महिने शिशुको बिहीबार सो अस्पतालमा मृत्यु भएपछि आफन्तले चिकित्सक, नर्स तथा अन्य कर्मचारी गरी १२ जनालाई कोठाभित्रै थुनेका हुन्। लम्साल दम्पतीले आफ्नो शिशुले दुध नचुसेको भन्दै बिहीबार विहान ९ः३० बजे उपचार गर्न अस्पताल ल्याएका थिए।
अस्पतालले दिउँसो पौने ३ बजे तिर शिशुको मृत्यु भएको जानकारी दिएपछि आफन्तहरु आक्रोशित भएका हुन्। उनीहरुले चिकित्सक तथा नर्सले उपचारमा तदारुकता नदेखाएको आरोप लगाएका छन्।
उपचार हुँदाहुदै बालकले आमाको दुध खाँदा सर्किएपछि मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जनाएका छन्। ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?