देशभर ३६ जना कोरोना संक्रमितको आइसीयू र भेन्टिलेटरमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर ३६ जना कोरोना संक्रमितको आइसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
देशभर रहेका ४ हजार २३६ जना सक्रिय संक्रमितमध्ये हाल ३३ जनाको आइसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी १५६ जना संस्थागत आइसोलेसनमा रहेका छन्। नेपालमा कोरोना संक्रमण दर बढ्दै जाँदा सिकिस्त भएर आइसीयूमा भर्ना हुने संक्रमितको संख्यामा पनि वृद्धि भएको छ ।
अस्पताल भर्ना लगभग शुन्यमा झरिसकेको भए पनि तीन सातायता नेपालमा फेरि संक्रमण दर ह्वात्तै बढेर अस्पताल भर्ना पनि बढेको हो । हालसम्म देशभर कोरोना संक्रमणबाट ११ हजार ९६२ जनाको मृत्यु भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?