Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर ३६ जना कोरोना संक्रमितको आइसीयू र भेन्टिलेटरमा उपचार हुँदै

देशभर ३६ जना कोरोना संक्रमितको आइसीयू र भेन्टिलेटरमा उपचार हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर ३६ जना कोरोना संक्रमितको आइसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशभर रहेका ४ हजार २३६ जना सक्रिय संक्रमितमध्ये हाल ३३ जनाको आइसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी १५६ जना संस्थागत आइसोलेसनमा रहेका छन्। नेपालमा कोरोना संक्रमण दर बढ्दै जाँदा सिकिस्त भएर आइसीयूमा भर्ना हुने संक्रमितको संख्यामा पनि वृद्धि भएको छ ।

अस्पताल भर्ना लगभग शुन्यमा झरिसकेको भए पनि तीन सातायता नेपालमा फेरि संक्रमण दर ह्वात्तै बढेर अस्पताल भर्ना पनि बढेको हो । हालसम्म देशभर कोरोना संक्रमणबाट ११ हजार ९६२ जनाको मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि