एकैदिन ७१० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज एकैदिन ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार गत २४ घण्टामा ७२० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ ।
यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ९६२ पुगेको छ ।
नेपालमा तीन साता यता कोरोना संक्रमण दर क्रमस बढ्दै गएको छ भने मृत्यु दर पनि उकालो लाग्दो छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणको अर्को लहरको जोखिमको संकेत देखिएको भन्दै अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?