वीर अस्पतालले मनायो १३३ औं वार्षिकोत्सव
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशकै जेठो वीर अस्पतालले आज आफ्नो १३३ औं वार्षिकोत्सव मनाएको छ ।
अस्पतालले आज एक कार्यक्रम गर्दै वाषिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका हुन्। कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वीर अस्पताल देश भरिका बिरामी सेवा लिन आउने अस्पताल भएकाले पनि यसको सेवा चुस्त दुरुस्त हुनुपर्ने बताए । यसका साथै उनले देशकै पुरानो र जेठो वीर अस्पतालले आफनो सेवा अझ विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्नतर्फ लाग्नुपर्ने बताए ।
उनले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पतालको निर्माण कार्यलाई पनि तत्काल अघि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अस्पतालका नि.प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्रकुमार बस्नेतले वीर अस्पतालको वार्षिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा विभिन्न विधामा सम्मान तथा पुरस्कार समेत प्रदान गरिएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?