कानून विपरित पसल पसलमा चुरोटको विज्ञापन, अनुगमन गर्ने निकाय मौन
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ अनुसार सुर्तीजन्य पदार्थको कुनै पनि तरिकाबाट विज्ञापन गर्न पाइँदैन । चाहे त्यो सञ्चारमाध्यमबाट होस् वा अन्य कुनै पनि माध्यमबाट नै किन नहोस्। तर यहाँ चोक चोकका पसलमा सेवनकर्तालाई लोभ्याउने गरी चुरोटको विज्ञापन देख्न सकिन्छ । त्यो पनि चुरोट उत्पादन गर्ने कम्पनीबाटै ।
जबकी कानूनमा स्पष्ट रुपमा के भनिएको छ भने कुनै पनि सुर्तीजन्य पदार्थको विक्रिवितरण गर्दा लोभ या अफर देखाएर विक्रि वितरण गर्न पाइँदैन्। तर यो कानूनको विपरित यस्ता तमाम स्टिकर पसल पसलमा छ्याप छ्याप्ती पाइन्छन्। बजारमा देखिएका कानून विपरितका कम्पनीका स्टिकरमा यस्तो लेखिएको पाइन्छ । विन्स्टल पर्पल मिन्ट चुरोटले रु ३० मा ३ खिल्ली भन्ने स्टिकर टाँस्ने गरेको छ । यसैगरी रु २५ को २ खिल्ली भन्दै शिखर चुरोटले विज्ञापन गरेको पाइन्छ । पाइलट फिल्टर एक खिल्लीको ५ भन्दै सबैजसो पसलमा यस्ता स्टिकर देखिन्छन। जबकी खिल्ली चुरोट बेच्न नै कानूनले बन्देज लगाएको छ । यस्ता स्टिकर पसलमा सबैले देख्ने ठाउँमा टाँसेको पाइन्छ । ताकी सो अफरकाबारेमा धेरैलाई जानकारी होस्।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद २ को दफा २८ मा स्पष्ट रुपमा यस्तो लेखिएको छ , ‘उत्पादक लगायत कसैले पनि चुरोट बिंडी, सिगार र इलेक्ट्रोनिक सिगरेट जस्ता सुर्तीजन्य पदार्थको खिल्ली फुटकर वा खुद्रा रुपमा बिक्री वितरण गर्न पाउने छैन् । यसैगरी सिल तोडिएका चुरोट, बिंडी सिगारका बट्टा समेत पनि बेच्न पाइने छैन्।’ यो कानूनमा स्पस्ट रुपमा खिल्ली चुरोट बेच्न नपाइने कुरा उल्लेख भएको छ । तर यहाँ खुलेआम खिल्ली चुरोट बेच्ने मात्र होइन विज्ञापन समेत गरिंदै आइएको छ ।
नेपाल विश्वमै सुर्तीजन्य पदार्थ नियन्त्रणमा सबैभन्दा उत्कृष्ट कानून बनाएको भन्दै पुरस्कार पाउने देश हो । उत्कृष्ट कानून बनाएको भन्दै अन्तराष्टिय स्तरको अवार्ड पाएको नेपाल सरकार अहिले आफनै अगाडी कानून विपरित क्रियाकलाप भइरहँदा पनि मुकदर्शक बनेर बसेको छ । त्यसैले त विज्ञापन नै गर्न नपाइने खिल्ली चुरोटको मज्जाले विज्ञापन गरिन्छ र बेचिन्छ पनि ।
यसरी बन्देज लगाउनुकाे मुख्य उद्धेस्य भनेको एउटा खिल्ली चुरोट किन्न पाउँदा धेरै निम्न आय भएका वा कलेज पढ्दै गरेका युवाहरुको पनि पहुँच हुन सक्छ र उसले सजिलै यसको सेवन गर्न सक्छ । तर बट्टा नै किन्नुपर्ने हुँदा महंगो हुने हुँदा उनीहरुको पहुँच कम हुने भन्दै यसकाे सेवनमा कम हुने विश्वासका साथ यो नियम राखिएको हो ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद २ को दफा २८ मा स्पष्ट रुपमा यस्तो लेखिएको छ , ‘उत्पादक लगायत कसैले पनि चुरोट बिंडी, सिगार र इलेक्ट्रोनिक सिगरेट जस्ता सुर्तीजन्य पदार्थको खिल्ली फुटकर वा खुद्रा रुपमा बिक्री वितरण गर्न पाउने छैन् । यसैगरी सिल तोडिएका चुरोट, बिंडी सिगारका बट्टा समेत पनि बेच्न पाइने छैन्।’ यो कानूनमा स्पस्ट रुपमा खिल्ली चुरोट बेच्न नपाइने कुरा उल्लेख भएको छ । तर यहाँ खुलेआम खिल्ली चुरोट बेच्ने मात्र होइन विज्ञापन समेत गरिंदै आइएको छ ।
काठमाडौं क्षेत्रपाटीका पसले नानु महर्जन भन्छिन, ‘हामीले त बेच्ने हो, कम्पनीको मानिस आएर टाँसेर जान्छन।’ यसरी यो सूचना टाँस्न हुँदैन भन्ने कुरामा उनले अनभिज्ञता जनाइन्। उनी त प्रतिनिधी पात्र मात्र हुन्। उनीसँगै पसल भएका अर्का पसले किरण लामिछाने पनि आफूलाई यसरी विज्ञापन गर्न हुँदैन भन्ने कानूनकाबारेमा जानकारी नै नभएको बताउँछन्। उनीहरुलाई त जानकारी नभएकै होला तर चुरोट उत्पादन गर्ने कम्पनीलाई जानकारी नभएको भने पक्कै होइन । हो के भने सरकारले कानून कार्यान्वर्यनमा चासो नदिंदा उनीहरुले यसलाई हल्का रुपमा लिंदै कानून विपरित आफनो व्यापार बढाइरहेका छन्।
राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक सुनिल शर्मा भन्छन, ‘नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानून अनुसार कसैले पनि यसको विज्ञापन कुनै पनि रुपमा गर्न पाउँदैन । यदि कसैले गरेको छ भने त्यो कानून बमोजिम कारवाही हुन्छ ।’ शर्माले यसो भनिरहँदा कारवाही गर्ने निकाय खै त सशक्त बनेको ? भन्ने प्रश्न उब्जिन्छ ।
नेपाल विश्वमै सुर्तीजन्य पदार्थ नियन्त्रणमा सबैभन्दा उत्कृष्ट कानून बनाएको भन्दै पुरस्कार पाउने देश हो । उत्कृष्ट कानून बनाएको भन्दै अन्तराष्टिय स्तरको अवार्ड पाएको नेपाल सरकार अहिले आफनै अगाडी कानून विपरित क्रियाकलाप भइरहँदा पनि मुकदर्शक बनेर बसेको छ । त्यसैले त विज्ञापन नै गर्न नपाइने खिल्ली चुरोटको मज्जाले विज्ञापन गरिन्छ र बेचिन्छ पनि । अनि सजाएर राख्न नपाइने नियम हुँदाहुँदै सजाएर राखिन्छ चुरोट । पछिल्लो समय कसैलाई यसको नत चासो नै छ न त अनुगमन नै ।
नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन आएको ११ वर्ष पुगिसकेको छ । तर यसको कार्यान्वयन पक्ष फितलो भएका कारण यो कानून कागजमा मात्र सिमित भएको छ भने सुर्तीजन्य पदार्थको सेवनले निम्त्याउने रोगका कारण हुने मृत्यु प्रत्येक वर्ष बढिरहेको छ ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह शाह भन्छिन, ‘धेरै नसर्ने रोगहरुको कारक तत्व बनेको सुर्तीजन्य पदार्थको सेवन यतिबेला सबैको टाउको दुखाई बनेको छ । धेरैले सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर मात्र गराउँछ भन्ने गरेको भए पनि यसले मुटु मिर्गौला, फोक्सो, नशा सबैतिर असर पुराएर व्यक्तिलाई मृत्युको मुखसम्म पुराउने गरेको छ।’ उनले यसको सेवन कम गराउन जनचेतनामूलक कार्यक्रमहरु व्यापक रुपमा गरिनुपर्नेमा जोड दिइन्।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनकै कारण लाग्ने रोगका कारण २७ हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानूनको सही रुपमा कार्यान्वर्यन गरेर यसको सेवन कम गराउन सके यसबाट हुने मृत्युलाई पक्कै पनि कम गराउन सकिन्छ । यसमा सरकारको ध्यान जान जरुरी छ ।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’