काठमाडौंको फोहोर आजदेखि उठाउन सुरु गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाले एक सातादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ ।
बुधबार महानगरपालिकाले सूचना जारी गरेर आजदेखि फोहोर उठाउन सुरु गर्ने जानकारी दिएको हो ।
काठमाडौंबाट जाने फोहोर विसर्जनस्थल सिसडाेल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर घरमै राख्न महानगरपालिकाले सर्वसाधारणलाई अनुरोध समेत गरेको थियो ।
अब भने सो बाटो बनाउने काम सकिएकाले फोहोर उठाउन लागिएको पनि महानगरले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?