धुलिखेलमा २५ बेडको पतञ्जली आयुर्वेद अस्पताल
हेल्थ टिभी अनलाइन \काठमाडौं : काभ्रेको धुलिखेलमा २५ बेडको पतञ्जली आयुर्वेद अस्पतालको सुरुवात भएको छ । धुलिखेल ३ काभ्रेपलान्चोकमा पतञ्जली आयुर्वेद मेडिकल कलेज धुलिखेलको आफ्नै सुविधा सम्पन्न ४ तले भवनमा २५ बेडको पतञ्जली आयुर्वेद अस्पतालको शुभारम्म भएको हो ।
आयुर्वेद शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुराउन सफल पतञ्जली आयुर्वेद मेडिकल कलेजद्धारा विशेषज्ञ सेवा सहितको आफ्नै २५ बेडको अस्पताल उपलब्ध अन्तरंग र बहिरंग सेवाहरुमा सबै विशेषज्ञ डाक्टरहरूको परामर्श सँगसँगै पञ्चकर्म सहित ल्याव टेष्ट ,भिडियो एक्सरे , एक्सरे , डेन्टल सेवा र परामर्श साथै हरेक दिन नि शुल्क योग सेवा पनि संञ्चालनमा रहने छ । हाल २५ बेडबाट संञ्चालनमा आएको यस अस्पतालमा निकट भविष्यमा १०० बेडसम्म विस्तार गर्ने योजनाको साथमा काम भईरहेको जनाइएको छ ।
पतञ्जली आयुर्वेद मेडिकल कलेजमा अध्ययनरत छात्र समन सिंह बस्नेतका अनुसार हाल कलेजमा १२० भन्दा बढी विद्यार्थीहरु आयुर्वेद चिकित्साका बिषयमा अध्ययन गरिरहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण