स्वास्थ्य क्षेत्रको विकासका लागि अनुसन्धान जरुरी छ : स्वास्थ्य मन्त्री खापुङ
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य अनुसन्धानमा अझै जोड दिनुपर्ने जनाएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री खापुङले स्वास्थ्य क्षेत्रको अनुसन्धानमा देखिने गरी काम गर्न परिषद्लाई निर्देशन दिएका हुन् । उनले स्वास्थ्य क्षेत्रको विकासका लागि स्वास्थ्य अनुसन्धान जरुरी भएकाे भन्दै यसको दायरा अझै बढाउनुपर्ने बताए ।
उनले परिषद्को कर्मचारी विनियमावली समस्या सम्बोधन गर्न प्रयत्न गर्ने समेत बताए । उनले भने, ‘परिषद्को कर्मचारी विनियमावली ४ वर्षदेखि अलमलिएको छ । यो विषयमा अर्थ मन्त्रालयसँग छलफल गरी समस्या समाधान गर्न प्रयास गर्छौ ।’ मन्त्री खापुङले स्वास्थ्य क्षेत्रको अनुसन्धान आम नागरिकसँग प्रत्यक्ष रुपमा पनि जोडिने र यसबाट आएका नतिजाबाट नै नीति तथा कार्यक्रम बन्ने हुँदा यसको क्षेत्र बढाउँदै लानुपर्नेमा जोड दिए ।
यसैगरी कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नविनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘पछिल्ला वर्षहरूमा स्वास्थ्य अनुसन्धानको संस्कृति बढ्दै गएको छ । परिषद्ले स्वास्थ्य अनुसन्धानका विभिन्न विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र अनुसन्धान संस्कृतिको प्रवद्र्धन तथा नवीनतम ज्ञान र प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने देखिन्छ ।’
कार्यक्रममा परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले परीषद्ले हालसम्म गरेका गतिविधि र परिषद्को संरचनाबारे जानकारी गराएका थिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य