२४ घण्टामा ५६८ संक्रमित थपिए, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ५६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा ५६८ जनामा कोरोना पुष्टि भएको छ भने १ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ पुगेको छ । यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५७ पुगेको छ ।
अहिले देशभर २७ जना संक्रमितको आइसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?