कोरोनाका कारण चीनमा एमबीबीएस पुरा गर्न नपाएका विद्यार्थीले स्वदेशबाटै पूरा गर्न पाउने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले चीनमा अध्ययन गरिरहेका एमबीबीएसका सन् २०१६ व्याचका विद्यार्थीलाई अन्तिम दुई वर्षको पढाई नेपालमै गर्न सक्ने व्यवस्था मिलाएको छ । उनीहरुले त्यसबेला कोरोना महामारीका कारण पढाई बिचमै छोडेर फर्कनु परेको थियो ।
नेपाल मेडिकल काउन्सिलले सूचना जारी गदै कोरोनका कारण नेपाल फर्केर पछि चीन जान नसकेका सन् २०१६ व्याचका एमबीबीएसका विद्यार्थीको बाँकी पढाई अवधी र इन्टर्न गरीसिप बढीमा दुई वर्षको अध्ययन नेपालमै गर्न सक्ने गरी अनुमति दिएको जानकारी दिएको छ ।
इन्टर्नशीप भन्दा पहिलेको एक वर्षे अध्ययनको हकमा भने चारवटा प्रमुख विषयहरु मेडिसिन, सर्जरी, गाईने अब्स र पिडियाट्रिक्स समावेस गर्नुपर्नेछ । यसका साथै अब उप्रान्तदेखि भने कोरोनासँग सम्वन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीहरुको नेपालमा अध्ययन अध्यापन गर्ने विषयको सम्वोधन नहुने समेत सूचनामा उल्लेख छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?