Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयले भन्यो, कोरोना संक्रमण बढ्न थाल्यो सचेत रहौं

स्वास्थ्य मन्त्रालयले भन्यो, कोरोना संक्रमण बढ्न थाल्यो सचेत रहौं

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना संक्रमण बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गरेको छ।

बिहिबार मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले १० बुँदे सूचना जारी गर्दै सरकारी, गैर सरकारी सबै कार्यालयहरु तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्कको प्रयोग र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने जनाएका छन्।

यसैगरी मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सार्वजनिक यातायात तथा विमानस्थल, गोष्ठी, सेमिनार तथा बढी भिडभाड हुने स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ ।

नेपालमा एक प्रतिशतभन्दा कममा झरेको कोरोना संक्रमण दर अहिले १० प्रतिशतभन्दा बढी भइसकेको छ भने अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढेको छ ।

हाल देशभर २ हजार ५३७ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन