Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंको फोहोर एक साता नउठ्ने

काठमाडौंको फोहोर एक साता नउठ्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरमा आजदेखि एक साता फोहोर नउठ्ने भएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै फोहोर संकलन गर्ने ठाउँ सिसडोल जाने बाटो निर्माणको काम भइरहेकाले एक साता फोहोर नउठ्ने जनाएको हो ।

महानगरले जारी गरेको सूचनामा लेखिएको छ , ‘काठमाडौं उपत्यकाको फोहोरमैला बिसर्जन स्थल बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट जाने सिसडोलस्थित भ्याली १ को सडक निर्माण कार्य भइरहेकाले याे बेला सवारी साधन चलाउन नमिल्ने हुँदा केही दिन फोहोर घरभित्रै राखिदिन आग्रह गर्दछौं ।’

सूचनामा यो समयमा घरको फोहोर सडक, चोक तथा सार्वजनिक स्थलमा नफालिदिन समेत आग्रह गरिएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि