काठमाडौंको फोहोर एक साता नउठ्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरमा आजदेखि एक साता फोहोर नउठ्ने भएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै फोहोर संकलन गर्ने ठाउँ सिसडोल जाने बाटो निर्माणको काम भइरहेकाले एक साता फोहोर नउठ्ने जनाएको हो ।
महानगरले जारी गरेको सूचनामा लेखिएको छ , ‘काठमाडौं उपत्यकाको फोहोरमैला बिसर्जन स्थल बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट जाने सिसडोलस्थित भ्याली १ को सडक निर्माण कार्य भइरहेकाले याे बेला सवारी साधन चलाउन नमिल्ने हुँदा केही दिन फोहोर घरभित्रै राखिदिन आग्रह गर्दछौं ।’
सूचनामा यो समयमा घरको फोहोर सडक, चोक तथा सार्वजनिक स्थलमा नफालिदिन समेत आग्रह गरिएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’