स्वास्थ्य राज्यमन्त्रीद्धारा वंशाणुगत रोग केन्द्र स्थापना गर्न पहल गर्ने प्रतिवद्धता
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हीराचन्द्र केसीले वंशाणुगत रोग केन्द्र स्थापनाको लागि पहल थाल्ने बताएका छन् । वीर अस्पतालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान र उपचारका लागि वंशाणुगत रोग केन्द्र स्थापनाको लागि आफूले पहल थाल्ने बताएका हुन् ।
उनले भने, ‘नेपालमा वंशाणुगत रोगका विषयमा अध्ययन अनुसन्धान नै नभएको पाइएको छ । वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धानका साथसाथै उपचार गर्ने छुट्टै वंशाणुगत रोग केन्द्र स्थापना गर्न आवश्यक छ ।’ उनले वंशाणुगत रोगको विषयमा तथ्यांक राख्नुपर्ने र अध्ययन गर्न आवश्यक रहेको बताए ।
सो अवसरमा वीरअस्पतालका वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुरले वीरअस्पतालमा रगतजन्य वंशाणुगत रोगको उपचार नि:शुल्क हुँदै आएको र यसले विरामीलाई राहत पुगेको वताइन् । वंशाणुगत रोगका सन्दर्भमा सरकारले नीति योजना तर्जुमा गर्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपती प्राडा।देवनारायण शाह, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामबाबु यादव, वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेत, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की , नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण