अक्सिजेनेटर नहुँदा गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया रोकियो
हेल्थ टिभी अनलाइन\काठमाडौं : मुटुको शल्यक्रिया गर्ने बेला अत्यावश्यक पर्ने अक्सिजेनेटर नहुँदा शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा मुटुको शल्यक्रिया रोकिएको छ ।
अस्पतालका निर्देशक डा चन्द्रमणी अधिकारीले अक्सिजेनेटरको अभाव नेपालमा मात्र नभएर सबैतिर भएको भन्दै अहिले आफनो अस्पतालमा पनि अभाव भएको जनाए ।
अस्पतालमा सो अत्यावश्यक पर्ने अक्सिजेनेटर नभएपछि आकस्मिक बाहेकका बिरामीको शल्यक्रिया रोकेको छ । अक्सिजेनेटर एक पटकमा एक जना बिरामीमा मात्र प्रयोग गर्न मिल्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?