Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मेडिकल व्यवसायी दुर्गा प्रसाईको पहलमा दुबईमा अलपत्र परेको युवतीको शव नेपाल ल्याइयो

मेडिकल व्यवसायी दुर्गा प्रसाईको पहलमा दुबईमा अलपत्र परेको युवतीको शव नेपाल ल्याइयो

हेल्थ टिभी अनलाइन \काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईले दुबईमा भएको एक जना नेपालीकाे शव निजी खर्चमा ल्याएर परिवारलाई जिम्मा लगाएका छन्। उनले आफनो दुबई भ्रमणका क्रममा दुबईमा रहेका अलपत्र परेका शव ल्याउन सरकारले व्यवास्ता गरेको भन्दै आफनै खर्चमा ल्याउने घोषणा गरेका थिए । मंगलबार उनको पहलमा एक युवतीको शव काठमाडौं ल्याइएको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ की २५ वर्षीया सुकमाया रानाको शव आज दुबईबाट नेपाल ल्याइएको हो । रानाका आफन्त चेतन गुरुङले शव बुझेर आफूहरुले खर्च र कानूनी कारणले २ महिनादेखि नेपाल ल्याउन नसकेको शब प्रसाईले ल्याइदिएकोमा आफू आभारी भएको बताए । उनले भने, ‘सरकारले गर्ने काम एकजना व्यक्तिले गरिदिनुभयो । त्यसका लागि उहाँलाई धन्यवाद दिन्छु ।’

प्रसाईले अर्को हप्ता चारवटा शव ल्याएर आफन्तलाई बुझाउने जनाएका छन्। प्रसाईले भने, ‘सरकारले स्वदेश मै रोजगारी सृजना गरेर युवाहरुलाई वैदेशिक रोजगारमा जान रोक्न त सकेन नै पराई देशमा गएर अकालमा ज्यान गुमाएका युवाहरुको लास परिवारलाई दिन पनि सकेन । मानवीय हिसाबले मैले ति परिवारको पीडामा मल्हम लगाउन खोजेको मात्र हुँ ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन