आजदेखि ५ देखि ११ वर्ष सम्मका बालबालिकालाई कोरोना खोपको दोस्रो मात्रा लगाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि ५ वर्षदेखि १२ वर्षमुनिका २७ जिल्लाका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा लगाउँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा खाेप लगाउन थालेको हो।
बालबालिकालाई खोप लगाउनका लागि नजिकको विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ। नेपालमा बालबालिकालाई कोरोना भाइरस विरुद्धको ‘फाइजर बायोएनटेक पेडियाट्रिक खोप’ दिने निर्णय बमोजिम पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई सो खोप दिन थालिएको हो ।
पहिलो मात्रा खोप लगाएका बालबालिकालाई खोप कार्डका आधारमा दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ । आजबाट सुरु भएको खोप अभियान यही साउन ८ गतेसम्म चल्नेछ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?