Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आजदेखि ५ देखि ११ वर्ष सम्मका बालबालिकालाई कोरोना खोपको दोस्रो मात्रा लगाइँदै

आजदेखि ५ देखि ११ वर्ष सम्मका बालबालिकालाई कोरोना खोपको दोस्रो मात्रा लगाइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि ५ वर्षदेखि १२ वर्षमुनिका २७ जिल्लाका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा लगाउँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा खाेप लगाउन थालेको हो।

बालबालिकालाई खोप लगाउनका लागि नजिकको विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ। नेपालमा बालबालिकालाई कोरोना भाइरस विरुद्धको ‘फाइजर बायोएनटेक पेडियाट्रिक खोप’ दिने निर्णय बमोजिम पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई सो खोप दिन थालिएको हो ।

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई खोप कार्डका आधारमा दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ । आजबाट सुरु भएको खोप अभियान यही साउन ८ गतेसम्म चल्नेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार