स्वास्थ्यमा क्रियाशिल संगठनको माग सम्बोधन गर्न कार्यदल बन्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधनका लागि ७ सदस्यीय कार्यदल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिने बताएका हुन् ।
उनले स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधन गर्न कार्यदल गठन हुने र कार्यदलले समस्या मात्रै नभई मन्त्रालयलाई सुझाव पनि दिने जनाए । कार्यदलबाट तत्काल के गर्न सकिन्छ ? र दिर्घकालीन के गर्न सकिन्छ ? ठोस योजना बन्ने समेत उनले जिकीर गरे । उनले स्वास्थ्यका समस्या हल गर्न मन्त्रालय सदैब कटिबद्ध रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्यका समस्या हल गर्न आफू निरन्तर स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुसँग सँगै रहेर काम गर्दै आएको बताए । डा पोखरेलले आफ्ना हकहितसँगै जनतासँग जोडिने गरी काम गर्नुपर्ने बताए ।
स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको संयोजक समेत रहेका नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्यकर्मीको माग सम्बोधनमा सरकार गम्भीर हुनुपर्ने र अन्तर मन्त्रालय समन्वय अहिलेको खाँचो रहेको बताए ।
स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनका सदस्य सचिव माइकल देवकोटाले विगतमा भएको १९ बुँदे सम्झौता अक्षरश पालना हुनुपर्ने बताए ।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले कानुनसम्मत भएको स्तरबृद्धी किन बदर भयो ? भन्दै प्रश्न गरेका थिए । यसैगरी स्वास्थ्यका कर्मचारीको सही रुपमा अभिलेख समेत नभएको गुनासो गरे ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?