एक जना कोरोना संक्रमितको मृत्यु, १३५ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा गरेको ३ हजार ४१ नमुना परिक्षण मध्ये १३५ जना संक्रमण पुष्टि भएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ। यसैगरी पछिल्लो २४ घण्टामा ५१ संक्रमित संक्रमण मुक्त भएका छन् भने ३२ हजार ५१५ जनाले कोरोना विरुद्ध खोप लगाएका छन्।
आज संक्रमणका कारण १ जनाले ज्यान गुमाएका छन्। योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५३ पुगेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?