डाक्टर दिदीबहिनीको एकैपटक पुस्तक विमोचन
हेल्थ टिभी अनलाइन \काठमाडौं : एकै परिवारका डाक्टर दुई दिदीबहिनीको एकैपटक पुस्तक विमोचन भएको छ । बालरोग विशेषज्ञ प्राडा श्रृजना श्रेष्ठ र आँखारोग विशेषज्ञ प्राडा सबिना श्रेष्ठले एकैपटक कविता संग्रहको पुस्तक विमोचन गरेका हुन्। यसैगरी उनीहरुकी आमा मोतीशोभा श्रेष्ठको लघुकथा पनि शनिबार आयोजना गरिएकाे सोही समारोहमा विमोचन गरिएको छ ।
एकै परिवारका तीन जना सदस्यहरु आफू छुट्टै पेशामा रहेर पनि साहित्यमा लाग्नु र यसरी पुस्तक नै ल्याउनु विरलै मानिन्छ । डाक्टर दिदीबहिनी डा श्रृजना र डा सबिनाले कविता संग्रहको विमोचन गराएका हुन् भने आमा मोतिशोभाद्धारा लिखित लघुकथा विमोचन गरिएको हो । यी पुस्तक नेपाल भाषामा लेखिएको छ । यी सबै पुस्तक यसअघि नेपाली भाषामा सार्वजनिक गरिएकोमा सोहीलाई अहिले नेवारी अर्थात नेपाल भाषामा अनुवाद गरेर सार्वजनिक गरिएको हो ।

डा श्रृजनाले ‘प्रश्न चिन्हदेखि पूर्ण विरामसम्म’ र ‘बादललाई के थाहा’ नामक कविता संगह सार्वजनिक गरिन भने डा सबिनाले ‘जिन्दगी एक प्रश्न’ र ‘मनको स्पर्श’ नामक कविता संग्रह सार्वजनिक गरेकी हुन्। आमा मोतिशोभाद्धारा लिखित ‘आँसु’, ‘प्रकृति’, ‘सम्झनाका डायरी’, ‘सत्य’ नामक लघुुकथा नेपाल भाषामा अनुवाद गरेर सार्वजिनक गरिएको हो ।
उनीहरुले नेवारी भाषालाई पनि जगर्ने गर्ने उद्धेस्यले नेपाली भाषामा लेखिएको पुस्तकलाई नेवारी भाषामा अनुवाद गरि सार्वजनिक गरिएको जनाए ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण