शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन ४ जनामा मिर्गौला प्रत्यारोपण
हेल्थ टिभी अनलाइन \काठमाडौं : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन ४ जनामा मिर्गौला प्रत्यारोपण भएको छ ।
अर्घखाँचीकी २६ बर्षिया छोरीले ४८ वर्षीया आमावाट, दोलखाका २७ वर्षीय सौतेनी छोराले ३८ वर्षीय आमावाट, तनहुँका ३६ वर्षीया श्रीमानले ३५ वर्षीया श्रीमतीवाट र काभ्रेका ३५ वर्षीया छोराले ५२ वर्षीय बुवावाट मिर्गौला प्राप्त गरेका हुन्। प्रत्यारोपित तथा अंगदान गर्ने दाता सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
केन्द्रले यस आर्थिक बर्ष सम्ममा ९ सय जनाको मिर्गौला प्रत्यारेपण गरेको र ९९ प्रतिशत भन्दा बढी सफल भएको अस्पतालका निर्देशक तथा प्रत्यारोपण विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठले जनाए । उनले बिहिबार एकैदिन ४ जना जिवित डोनरबाट ४ जनामा मिर्गौला प्रत्यारोपण गरिएको र यो नेपालमै पहिलोपटक भएको समेत दाबी गरे ।उनले करिब ६ सय जना बिरामी मिर्गौला प्रत्यारोपणको प्रतिक्षामा बसिरहेको समेत जिकीर गरे ।
डा श्रेष्ठ पछिल्लोपटक नेतृत्त्वमा आएपछि ९ महिनाको अवधिमा १३७ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ । यस सेन्टरले वर्षमा २ सय जनाको मिर्गौला प्रत्यारोपण गर्दै आएको छ ।
यो संख्या बढाउन सकिने भए पनि भौतिक संरचनाका कारण बढाउन नसकिएको समेत डा श्रेष्ठले जिकीर गरे । यस केन्द्रले आफनो सेवा सातै प्रदेशमा विस्तार गर्ने योजना अघि सारेको छ । पोखरामा सेवा विस्तार गर्ने योजना अनुसार यही असार ९ गतेबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट सेवा शुरु भइसकेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?