उच्च रक्तचापकाे समस्याबाट बच्न के गर्ने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : उच्च रक्तचप यतिबेदा प्रत्येक घरको समस्या भएको छ । पछिल्लो केही वर्ष यता यो समस्या नेपालमा तीब्र रुपमा बढिरहेको छ । अझ ठूलो चिन्ताको विषय त युवा उमेरमा उच्च रक्तचाप र यसले निम्त्याउने ह्दयघात, मष्तिष्कघात, मिर्गौला रोग जस्ता समस्या बढिरहेका छन्। भागदौड र प्रतिस्पर्धात्मक जीवन, अस्वस्थकर खानपान, शारीरिक व्यायामको कमी तथा धुम्रपान र मद्यपानको सेवनका कारण उच्च रक्तचापको समस्या बढिरहेको छ । यी हुन् उच्च रक्तचाप बढाउने मुख्य कारणहरु :
अत्यधिक धुम्रपान तथा मद्यपानको सेवन
नियमित शारीरिक व्यायामको कमी
मानसिक तनाव
प्रशोधित अर्थात जंकफुडको बढी प्रयोग
मोटोपना
आजभोलि सबैजना सुविधाभोगी भएका छन्। बढ्दो आधुनिकीकरणसँगै अहिले घरघरसम्म यायायातको सुविधा पुगेको छ । यसले पनि मानिसलाई हिंडडुल गर्नमा अल्छी बनाएको छ । नजिकैको बाटोमा पनि हामी गाडी चढ्न खोज्छौं । जसले गर्दा शारीरिक अभ्यास नै पुग्दैन । अर्को कुरा करिअर बनाउने नाममा युवाहरुवीच कडा प्रतिस्पर्धा छ । उनीहरु यति धेरै स्ट्रेसमा हुन्छन् जसले भित्र भित्र उच्च रक्तचाप बढाइरहेको हुन्छ । तर व्यक्तिलाई आफू स्वस्थ नै छु भन्ने लागिरहेको हुनसक्छ । त्यसो त उच्च रक्तचाप भएकामध्ये आधा भन्दा बढीलाई आफूलाई उच्च रक्तचाप छ भन्ने थाहा समेत हुँदैन । यसले ठूलो असर गरेपछि मात्र थाहा हुन्छ ।सुरुको अवस्थामा लक्षण् नदेखिने हुनाले धेरै जना म ठिक छु भनेर बसेको पाइन्छ । जसका कारण अहिले अस्पतालमा युवा अवस्थामै ह्दयघात भएर आउने युवाहरुको संख्या बढिरहेको छ। मुटुरोग लगायत अन्य जटिल रोग निम्त्याउने उच्च रक्तचाप नियन्त्रण गर्न हामी सबैले गर्ने पर्ने यी १० कुरा
१. धुम्रपान तथा मद्यपानको सेवन नगर्ने
२. दिनमा कम्तीमा पनि आधा घण्टा शारीरिक व्यायाम गर्ने
३. नुन चिनीको मात्रा कम गर्ने
४. चिल्लो, भुटेको तारेको खानेकुरा नखाने
५. तनाव कम गर्ने
६. सुगर बढी भए नियन्त्रण गर्ने
७. मोटोपन हुन नदिने
८. रातो र बोसोयुक्त मासु कम खाने
९. हरिया सागसब्जी तथा फलफूलको नियमित प्रयोग गर्ने
१०. नियमित स्वास्थ्य परीक्षण गर्ने
पछि गएर जटिल समस्या निम्त्याउने उच्च रक्तचाप नियन्त्रणका लागि बेलैमा ध्यान नपुराउने हो भने यसले मुटु, मिर्गौला, रक्तनली सम्बन्धी दीर्घ रोग निम्त्याउने हुँदा समयमै यसकोबारेमा जान्न र यसबाट बच्ने उपायहरु अपनाउन जरुरी छ । यदि समस्या भइहालेमा चिकित्सकको सल्लाहमा नियमित औषधिको सेवन गर्नुपर्छ । यसमा हिच्किचाउन हुँदैन् र आफूखुशी खाइरहेको औषधको सेवन रोक्न हुँदैन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’