Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक संघद्धारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी संसोधित ऐनको स्वागत

चिकित्सक संघद्धारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी संसोधित ऐनको स्वागत

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघले सरकारले स्वास्थ्य संस्था सुरक्षा सम्वन्धी संसोधन ऐन २०७९ जारी गरेकोमा खुशी व्यक्त गर्दै उक्त कदम स्वागत योग्य भएको जनाएको छ । संघले बिहिबार पत्रकार सम्मेलन गर्दै सरकारको उक्त कदम स्वागतयोग्य भएको भन्दै संघले यसका लागि धेरै अघिदेखि आवाज उठाउँदै आएको समेत जनाएको छ ।

संसदबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि (पहिलो) संसोधन ऐन २०७९ जारी भएकोमा नेपाल चिकित्सक संघले खुशी व्यक्त गर्दै संघका अध्यक्ष डा लोचन कार्कीले संघको निरन्तरको प्रयास र दबाबमूलक गतिविधिका कारण नेपालमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा एउटा अतुलनिय उपलब्धी स्वरूप ऐन आउन सकेको भन्दै खुशी व्यक्त गरे ।

नेपालमा बेला बेलामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने सांघातिक आक्रमण, अस्पतालमा हुने तोडफोड जस्ता अमानवीय गतिविधि हुँदै आएको छ । सोही कुरालाई ध्यानमा राखेर स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शान्ति सुरक्षाको प्रत्याभूतिका साथसाथै नेपालमै सेवा गर्ने वातावरण बनोस भन्ने विषयमा पटक पटक लागिपरि रहेको कारण त्यसको फल स्वरुप मिति २०७९ अषाढ २९ गते स्वास्थ्य शिक्षा र सेवामा अतुलनिय उपलब्धी हासिल भएको कार्कीले उल्लेख गरे।

उनले चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल तथा स्वास्थ्य संस्थाहरूको पूर्ण सुरक्षाको लागि यो ऐन ठूलो कानून बन्ने बताए । यो कानूनले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि हुने गरेका आक्रमणलाई बन्द गर्न महत्वपूर्ण भूमिका खेल्ने समेत जिकीर गरे ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०७९ प्रतिनिधि सभाबाट बुधबार पारित भएको थियो।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार