Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

फेरि बढ्न थाल्यो संक्रमण, २४ घण्टामा २०६ संक्रमित थपिए

सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो

फेरि बढ्न थाल्यो संक्रमण, २४ घण्टामा २०६ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २०६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १७५ जनाको नमुना परीक्षण गरिएकोमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ५ पुगेको छ । यसैगरी आज ४५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ६३ हजार ३८७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

नेपालमा दुई साता यता कोरोना संक्रमण दर उकालो लाग्ने क्रममा रहेको छ । यसैगरी आइसीयूमा १२ र भेन्टिलेटरमा एक जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

केही दिन यता अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि वृद्धि भएको छ ।  मन्त्रालयले नेपालमा कोरोना संक्रमण दर बढ्न थालेको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न सबैलाई आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि