फेरि बढ्न थाल्यो संक्रमण, २४ घण्टामा २०६ संक्रमित थपिए
सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २०६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १७५ जनाको नमुना परीक्षण गरिएकोमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ५ पुगेको छ । यसैगरी आज ४५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ६३ हजार ३८७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
नेपालमा दुई साता यता कोरोना संक्रमण दर उकालो लाग्ने क्रममा रहेको छ । यसैगरी आइसीयूमा १२ र भेन्टिलेटरमा एक जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
केही दिन यता अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । मन्त्रालयले नेपालमा कोरोना संक्रमण दर बढ्न थालेको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न सबैलाई आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?