स्वास्थ्य राज्यमन्त्री केसीद्धारा प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हीराचन्द्र केसीले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले बिरामीमैत्री सेवाप्रवाह गर्न निर्देशन दिए । प्रत्यारोपण केन्द्रको अनुगमन गर्दै मन्त्री केसीले डायलासिस गर्न र र्मिौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई निराकरण गर्नुपर्ने बताए ।
उनले भने, ‘अहिलेपनि सजिलैसँग केन्द्रबाट डायलासिस नभएको सुनिन्छ । निकै पालो कुर्नुपर्ने अवस्था छ । यस्तै, प्रत्यारोपण गर्न निकै समय लाग्छ । यो अवस्थाको अन्त्य गर्नुपर्छ । बरु के गर्नुपर्छ मैले मेरो तर्फबाट पहल गर्छु । विरामीलाई दुःख नदिनुहोस ।’ प्रत्यारोपण केन्द्रमा नाम टिपाएका सबैको पालो आउन समय लाग्ने समस्याको हल गर्न आवश्यक रहेको बताए ।
यसैगरी राज्य मन्त्री केसीले भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गर्दै चिकित्सहरु सीमित स्रोत साधनका बाबजुत रातदिन खटेर सेवा प्रवाह गरेको भन्दै अस्पताललाई धन्यवाद दिए । उनले क्यान्सर अस्पतालको स्तरवृद्धि गर्न आफूले पहल गर्ने प्रतिवद्धता समेत जनाए ।





व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य