थप १७७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ८७३ पुग्यो
हेल्थ टिभी अनलाइन काठमाडाैं : देशभर पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १२६ जनाको नमुना परीक्षण गरिएकोमा १७७ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८७३ पुगेको छ । उता यहीवीच ४१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६४ हजार ९०७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । एक सातायता नेपालमा कोरोना संक्रमण दर बढ्दो क्रममा देखिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?