चिकित्सा शास्त्र अध्ययन संस्थानकाे ५० औं वार्षिकोत्सव, साताव्यापी कार्यक्रम गर्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (इन्स्टिच्युट अफ मेडिसिन) ले आफ्नो ५० औं वार्षिकोत्सव साताव्यापी कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संस्थानले आफनो ५० औं वार्षिकोत्सव सााताव्यापी कार्यक्रम गर्दै मनाउने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै संस्थानकी डीन प्राडा दिव्या सिंह शाहले चिकित्सा शिक्षा र सेवामा स्वर्णिम इतिहास बोकेको यस संस्थाको ५० औं वर्षसम्म आइपुसग्दा स्वास्थ्यका धेरै नै दक्ष जनशक्ति उत्पादन गरी देशमा उत्कृष्ट सेवा प्रदान गर्न सफल भएको बताइन्। उनले संस्थान नेपालमै चिकित्सा शिक्षा अध्यापन गर्ने पहिलो संस्था रहेको समेत जिकीर गरिन्। यसकाे स्थापना सन् १९७२ मा भएको हो । संस्थान अन्तर्गत नै नेपालमा पहिलोपटक सन १९७८ बाट एमबीबीएसको पढाई सुरु भएको हो ।
उनले संस्थानको वार्षिकोत्सवको अवसरमा एकेडेमिक मिट, फुटसल, रक्तदान, सांस्कृतिक कार्यक्रम, वाकथन लगायतका कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन । संस्थानको वार्षिकोत्सवको मुख्य कार्यक्रम भने साउन १ गते हुनेछ । सो कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने जनाइएको छ ।
हालसम्म संस्थानबाट स्नातक तह एमबीबीएस, बीडीएस र बीपीएच लगायतका कार्यक्रममा २६ हजार १६३ जना र स्नातकोत्तर तथा विद्यावारिधि तहका ४ हजार ९५६ जना स्वास्थ्य जनशक्ति उत्पापदन भइसकेका छन्। यसैगरी यस संस्थानबाट सम्बन्धन प्राप्त कलेजहरुबाट ९ हजार ४ सय जनशक्ति उत्पादन भइसकेको डा शाहले बताइन्। संस्थानका अहिले ७ वटा आंगिक क्याम्पस छन् भने १७ वटा सम्बन्धन प्राप्त कलेजहरु रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण