कोरोनाको ग्राफ उकालो लाग्दै, २४ घण्टामा १६८ जना संक्रमित थपिए
५२३ जना सक्रिय संक्रमित काठमाडौं उपत्यकामा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा फेरि एकपटक कोरोना संक्रमणको ग्राफ उकालो लाग्ने क्रममा देखिएको छ । आइसीयूमा भर्ना हुने संक्रमितको संख्या पनि बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ भने यी मध्ये १२ जना आइसीयूमा उपचाररत छन्।
एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । संस्थागत आइसोलेसनमा रहने संक्रमितको संख्या पनि बढेर २१ पुगेको छ । एक सातायता नेपालमा कोरोना संक्रमणको दर बढ्न थालेको हो । सक्रिय संक्रमितमध्ये ५२३ जना भने काठमाडौं उपत्यकामा नै छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३५ हजार ४०२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण