Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जेष्ठ नागरिकलाई कृत्रिम दाँतको सेट

जेष्ठ नागरिकलाई कृत्रिम दाँतको सेट

हेल्थ टिभी अनलाइन \काठमाडौं : पाँचथर फिदिमका जेष्ठ नागरिकलाई कृतिम दाँत उपहार प्रदान गरिएको छ । दुर्गम क्षेत्रका जेष्ठ नागरिक लक्षित सप्ताहव्यापी  नि:शुल्क शिविरमार्फत कृतिम दाँत उपहार दिनुका साथै अन्य दन्त उपचार प्रदान गरिएको हो ।

स्वास्थ्य सेवा बिभागको उपचारात्मक सेवा महाशाखाले शिविरको आयोजना गरेको हो । शिविरको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख रामकुमार आगदाम्बेले यस्ता खालका शिविरबाट जेष्ठ नागरिकले आफनै घर नजिकै सेवा लिनसक्ने हुनाले नियमित रुपमाा शिविर गर्नुपर्ने बताए।

यसैगरी शिविरको उदघाटन कार्यक्रमको अध्यक्षता गरिरहेका फिदिमका मेयर मित्रप्रसाद काफ्लेले जेष्ठ नागरिकका समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना गरिदिएकोमा आयोजकलाई धन्यवाद दिए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीले महाशाखाले जेष्ठ नागरिक लक्षित दन्त उपचार कार्यक्रम सातै प्रदेशमा गर्ने लक्ष्यका साथ अघि बढेको बताए ।

शिविरमा वीर अस्पतालका प्रमुख कन्सल्टेन्ट डेण्टल सर्जन डा. प्रकाश बुढाथोकीले शिविरको उद्देस्य, प्रक्रिया तथा पाउन सकिने सेवा र हुने उपलब्धिका बारेमा जानकारी गराएका थिए । डा. बुढाथोकीले दाँत हुँदा र नहुँदा धेरै नै फरक पर्ने भन्दै जेष्ठ नागरिकको दाँतमा पनि व्यवास्ता गर्न नहुने बताए । उनले कृतिम दाँत राखेपछि अपनाउनुपर्ने सावधानीकाबारेमा समेत प्रस्ट पारेका थिए ।

शिविरमा १२१ जना जेष्ठ नागरिकको पूरै कृतिम दाँत राखिएको थियो भने एक हजारभन्दा बढीले दन्तसम्बन्धी विभिन्न सेवा लिएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन