थप १२१ जनामा कोरोना संक्रमण, ३१ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ४५ जनाको नमुना परीक्षण गरिएकोमा १२१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६७८ पुगेको छ । उता यहीवीच ३१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ५६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। सक्रिय संक्रमितमध्ये ३८९ जना काठमाडौंमा, १० जना भक्तपुरमा ६३ जना ललितपुरमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?