Health TV Online
Health TV Online

शनिबार १०२ जना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ६०५ पुग्यो

शनिबार १०२ जना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ६०५ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर १०२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ६१५ जनाको नमुना परीक्षण गरिएकोमा १०२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६०५ पुगेको छ । यहीवीच ३१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ४३ हजार ५३४ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार