Health TV Online
Health TV Online

एक लाख राशीको ‘रुपा चिकित्सा अवार्ड’ स्थापना

एक लाख राशीको ‘रुपा चिकित्सा अवार्ड’ स्थापना

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघ र रुपा फाउण्डेसनको संयुक्त पहलमा ‘रुपा चिकित्सा अवार्ड- २०७९ स्थापना भएको छ। काठमाडौंकाे बालाजु निवासी समाजसेवी रुपा श्रेष्ठ स्वर्गारोहण भएको दिन फागुन १० गते उनको स्मरणमा रुपा चिकित्सा अवार्ड -२०७९ को स्थापना गर्ने सम्झौता भएको हो ।

नेपाल चिकित्सक संघको स्थापना भएको दिन अर्थात प्रत्येक वर्षको फागुन २० गते यो अवार्ड प्रदान गरिने छ। नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा संघका अध्यक्ष डा लोचन कार्की एवं रुपा फाउण्डेसनका संयोजक आत्माकृष्ण श्रेष्ठबीच उक्त सम्झौता गरिएको हो।

चिकित्सा पेशामा समर्पित भई महत्वपूर्ण योगदान दिने एकजना उत्कृष्ट चिकित्सकलाई उक्त अवार्ड प्रदान गरिनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार