एक लाख राशीको ‘रुपा चिकित्सा अवार्ड’ स्थापना
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघ र रुपा फाउण्डेसनको संयुक्त पहलमा ‘रुपा चिकित्सा अवार्ड- २०७९ स्थापना भएको छ। काठमाडौंकाे बालाजु निवासी समाजसेवी रुपा श्रेष्ठ स्वर्गारोहण भएको दिन फागुन १० गते उनको स्मरणमा रुपा चिकित्सा अवार्ड -२०७९ को स्थापना गर्ने सम्झौता भएको हो ।
नेपाल चिकित्सक संघको स्थापना भएको दिन अर्थात प्रत्येक वर्षको फागुन २० गते यो अवार्ड प्रदान गरिने छ। नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा संघका अध्यक्ष डा लोचन कार्की एवं रुपा फाउण्डेसनका संयोजक आत्माकृष्ण श्रेष्ठबीच उक्त सम्झौता गरिएको हो।
चिकित्सा पेशामा समर्पित भई महत्वपूर्ण योगदान दिने एकजना उत्कृष्ट चिकित्सकलाई उक्त अवार्ड प्रदान गरिनेछ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?