कुण्डलिनी डायग्नोस्टिक सेन्टरले क्यान्सरका बिरामीलाई विशेष छुट दिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सर रोगका बिरामीहरुलाई कुण्डलिनी डायग्नोसिस सेन्टरमा उपचार गराउँदा विशेष छुट प्राप्त हुने भएको छ । नेपाल क्यान्सर सर्भाइभर सोसाइटीकी अध्यक्ष प्रमिता खनाल र कुण्डलिनी डाइग्नोसिस सेन्टरका म्यानेजिङ डाइरेक्टर आदर्श विक्रम राणाबीच उपचार छुटका लागि सम्झौता भएको हो । सो सम्झौता अनुसार अबदेखि क्यान्सरका बिरामीलाई यस सेन्टरमा विशेष छुट हुनेछ ।
कुण्डलिनी सेन्टरमा युएसजी, एमआरआई, सीटी स्क्यान तथा विभिन्न परीक्षणहरुमा सुविधा प्राप्त गर्न चिकित्सकको सिफारिसका साथै नेपाल क्यान्सर सर्भाइभर सोसाइटीको पत्र अनिवार्य लिएर जानुपर्ने संस्थाकी कोषाध्यक्ष बिनु केसीले बताइन्। क्यान्सरका बिरामीहरुलाई यस्तै प्रकारको सुविधा तिनकुनेस्थित मेट्रो आँखा अस्पताल र समाज डेन्टल हस्पिटलमा समेत उपलब्ध हुँदै आएको छ ।
नेपाल क्यान्सर सर्भाइभर सोसोइटीले विगत लामो समयदेखि क्यान्सरसँग लडिरहेकाहरुलाई आवश्यक परामर्श दिने, आर्थिक सहयोग गर्ने तथा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’