Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कुण्डलिनी डायग्नोस्टिक सेन्टरले क्यान्सरका बिरामीलाई विशेष छुट दिने

कुण्डलिनी डायग्नोस्टिक सेन्टरले क्यान्सरका बिरामीलाई विशेष छुट दिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सर रोगका बिरामीहरुलाई कुण्डलिनी डायग्नोसिस सेन्टरमा उपचार गराउँदा विशेष छुट प्राप्त हुने भएको छ । नेपाल क्यान्सर सर्भाइभर सोसाइटीकी अध्यक्ष प्रमिता खनाल र कुण्डलिनी डाइग्नोसिस सेन्टरका म्यानेजिङ डाइरेक्टर आदर्श विक्रम राणाबीच उपचार छुटका लागि सम्झौता भएको हो । सो सम्झौता अनुसार अबदेखि क्यान्सरका बिरामीलाई यस सेन्टरमा विशेष छुट हुनेछ ।

कुण्डलिनी सेन्टरमा युएसजी, एमआरआई, सीटी स्क्यान तथा विभिन्न परीक्षणहरुमा सुविधा प्राप्त गर्न चिकित्सकको सिफारिसका साथै नेपाल क्यान्सर सर्भाइभर सोसाइटीको पत्र अनिवार्य लिएर जानुपर्ने संस्थाकी कोषाध्यक्ष बिनु केसीले बताइन्। क्यान्सरका बिरामीहरुलाई यस्तै प्रकारको सुविधा तिनकुनेस्थित मेट्रो आँखा अस्पताल र समाज डेन्टल हस्पिटलमा समेत उपलब्ध हुँदै आएको छ ।

नेपाल क्यान्सर सर्भाइभर सोसोइटीले विगत लामो समयदेखि क्यान्सरसँग लडिरहेकाहरुलाई आवश्यक परामर्श दिने, आर्थिक सहयोग गर्ने तथा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार