पछिल्लो २४ घण्टामा ११३ नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ११३ जना कोेरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ७२४ जनाको नमुना परीक्षण गरिएकोमा ११३ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४७१ पुगेको छ । उता यहीवीच २० जना संक्रमित संक्रमणमुक्त भएका छन्।
सक्रिय संक्रमितमध्ये २ जनाको आइसीयूमा उपचार भइरहेको छ भने एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?