नेपाल औषधि लिमिटेडमा सेवा विस्तार, छिट्टै १३ प्रकारका औषधि उत्पादन गर्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल औषधि लिमिटेडले आफनो थप सेवा विस्तार गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै लिमिटेडले औषधि उद्योगमा नभई नहुने वाटर ट्रिटमेन्ट सिस्टम, माइक्रोबायोलोजी सेक्सन र हेमोडायलाइसिस यूनिटको शुभारम्भ गरेको हो ।
सो नयाँ सेवाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले गरेका हुन । उनले सो सेवाको सुरुवात गर्दै लामो इतिहास बोकेको नेपाल औषधि लिमिटेडले आफनो सेवा विस्तार गर्नुपर्ने र त्यसका लागि सरकार सहयोग गर्न तयार रहेको जनाए । उनले भने, ‘देशलाई चाहिने औषधि उत्पादन गर्न सक्षम हुनेगरी काम गर्नुस् त्यसका लागि कस्तो खालको सहयोग र वातावरण चाहिने हो त्यो सरकारले गर्छ ।’
यसैगरी कार्यक्रममा लिमिटेडका महाप्रबन्धक मोहम्मद सफीउल्लाहले आफूहरुले आज सुरु गरेको सेवासँगै विश्व स्वास्थ्य संगठनले तोकेको कुशल औषधि उत्पादन अभ्यासका लागि योग्य हुने र यसले आगामी दिनमा अन्य सेवा विस्तार गर्दै बन्द भएका औषधि उत्पादन पुन: गर्नका लागि सहयोग पुग्ने बताए । उनले आफूहरुले अबको केही महिनामा नै १३ प्रकारका औषधि उत्पादन गर्न सक्ने समेत जानकारी दिए ।
सुरुवाती दिनमा १२० प्रकारका औषधि उत्पादन गरेको औषधि लिमिटेडले कुशल औषधि उत्पादन अभ्यासको सर्टिफिकेट पाउन नसक्दा केही वर्ष बन्द प्राय बन्न पुगेको थियो भने अहिले ४ प्रकारका औषधि उत्पादन भइरहेका छन्। जीवनजल र सिटामोल यसका मुख्य उत्पादन हुन्।
वाटर ट्रिटमेन्ट सिस्टम र माइक्रोबायोलोजी सेक्सन यूएसएआइडीको आर्थिक सहयोग तथा पीक्युएम प्लसको प्राविधिक सहयोगमा निर्माण गरिएको हो । हेमोडायलाइसिस यूनिट भने सरकारको अनुदान तथा रिण सहयोगमा स्थापना भएको हो ।
नेपाल औषधि लिमिटेड ५० वर्ष अघि स्थापना भएको सरकारको एक मात्र औषधि कम्पनी हो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?