Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा संगीता मिश्रा १२ औं तहमा बढुवा

डा संगीता मिश्रा १२ औं तहमा बढुवा

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले डा संगिता मिश्रालाई स्वास्थ्य सेवा तर्फ प्रमुख विशेषज्ञ पद १२ औं तहमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले डा मिश्रालाई १२ औं तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि बसेको बढुवा समितिको बैठकले स्वास्थ्यको १२ औं तहको रिक्त एक पदमा बढुवाका लागि दुई जनाको नाम सिफारिस गरेको थियो । समितिले डा टंकप्रसाद बराकोटी र डा मिश्राको नाम पठाएको थियो । यी मध्ये मिश्राको बढुवा गरिएको हो ।

मिश्रा अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ताका रुपमा कार्यरत छिन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार