बढ्न थाल्यो संक्रमण : नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४०१ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण दर पुन: एक पटक उकालो लाग्न थालेको छ ।
पछिल्लो २४ घण्टामा ९० जना नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । सय भन्दा कम भइसकेको संख्या फेरि बढेर ४ सय नाघेको हो । यसैगरी आइसीयू र भेन्टिलेटरमा पनि संक्रमित भर्ना हुन थालेका छन्।
अहिले आइसीयूमा २ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० जना संक्रमित संक्रमणमुक्त भएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?