Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बढ्न थाल्यो संक्रमण : नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४०१ पुग्यो

बढ्न थाल्यो संक्रमण : नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४०१ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण दर पुन: एक पटक उकालो लाग्न थालेको छ ।

पछिल्लो २४ घण्टामा ९० जना नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । सय भन्दा कम भइसकेको संख्या फेरि बढेर ४ सय नाघेको हो । यसैगरी आइसीयू र भेन्टिलेटरमा पनि संक्रमित भर्ना हुन थालेका छन्।

अहिले आइसीयूमा २ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० जना संक्रमित संक्रमणमुक्त भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि