Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा थप २ जनामा हैजा पुष्टि, हैजाका बिरामीको संख्या १९ पुग्यो

काठमाडौंमा थप २ जनामा हैजा पुष्टि, हैजाका बिरामीको संख्या १९ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप २ जनामा हैजा पुष्टि भएको छ । योसँगै उपत्यकामा हैजाका बिरामीको संख्या १९ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंका थप दुई जनामा हैजा पुष्टि भएको हो । मंगलबार काठमाडौं कागेश्वरीका दुई जना बच्चामा हैजा पुष्टि भएको हाे ।  हैजा फैलने क्रम बढ्दो देखिएकाले सबैले पिउने पानी र खानेकुरामा ध्यान दिन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

दिसा मिसिएको पानी पिउँदा हैजा लाग्ने हुन्छ । काठमाडौंमा विभिन्न स्थानमा पानीको नमुना परीक्षण गर्दा उक्त पानीमा हैजा गराउने जिवाणु भेटिएको थियो । वर्षातको समयमा पानी फोहोर हुने हुँदा यो बेला बढी मात्रामा हैजाका बिरामी देखिने गर्छन ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार