काठमाडौंमा थप २ जनामा हैजा पुष्टि, हैजाका बिरामीको संख्या १९ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप २ जनामा हैजा पुष्टि भएको छ । योसँगै उपत्यकामा हैजाका बिरामीको संख्या १९ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंका थप दुई जनामा हैजा पुष्टि भएको हो । मंगलबार काठमाडौं कागेश्वरीका दुई जना बच्चामा हैजा पुष्टि भएको हाे । हैजा फैलने क्रम बढ्दो देखिएकाले सबैले पिउने पानी र खानेकुरामा ध्यान दिन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
दिसा मिसिएको पानी पिउँदा हैजा लाग्ने हुन्छ । काठमाडौंमा विभिन्न स्थानमा पानीको नमुना परीक्षण गर्दा उक्त पानीमा हैजा गराउने जिवाणु भेटिएको थियो । वर्षातको समयमा पानी फोहोर हुने हुँदा यो बेला बढी मात्रामा हैजाका बिरामी देखिने गर्छन ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?