Health TV Online
Health TV Online

राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाइयो

राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाइयो

हेल्थ टिभी अनलाइन \काठमाडौं : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पाँचौ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाएको छ। विभागले आज टेकुमा एक कार्यक्रम गरी पाँचौ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाएको हो।

कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सा संघका अध्यक्ष जनक बहादुर बस्नेतले प्राकृतिक चिकित्सा नसर्ने रोगका लागि निकै फलदायी र महत्वपूर्ण औषधि विहीन चिकित्सा पद्दति भएको बताए। उनले पछिल्लो समय सबैको टाउको दुखाई बनेको नसर्ने रोगको नियन्त्रणमा प्राकृतिक चिकित्साको ठूलो भूमिका हुने जिकीर गरे ।

उनले प्राकृतिक चिकित्सामा दरबन्दी सिर्जना गरेर यसलाई अझै व्यवस्थित बनाउँदै लानुपर्ने समेत जनाए । कार्यक्रममा आयुर्वेद तथा प्राकृतिक चिकित्सकहरुको उपस्थिती थियो । उनीहरुले अहिलेको समयमा प्राकृतिक चिकित्साको महत्वकाबारेमा धारणा राखेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार