यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
हेल्थ टिभी अनलाइन : कुरिलो तरकारी वा सुप बनाएर खाने चलन छ। खाँदा जति स्वादिलो हुन्छ कुरिलो स्वास्थ्यका लागि उति नै फाइदाजनक छ।
कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन, फाइबर तथा क्याल्सियम साथै विभिन्न पौष्टिक तत्त्व पाइने चिकित्सकहरु बताउँछन्।
यसलाई विभिन्न रोगहरूमा अत्यन्त लाभकारी औषधिको रूपमा प्रयोग गर्न सकिन्छ। कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ। कुरिलो खानाले शरीरलाई शक्ति प्राप्त हुनुका साथै दुर्बलता हटाउन तथा महिनावारी गडबडीमा समेत यो उपयोगी हुन्छ।
यस्तै, भर्खरै बच्चा जन्माएका सुत्केरी महिलाहरूमा दूध नआउने समस्या भएमा नियमित रूपमा कुरिलो खाने गर्नाले दूध आउने चिकित्सकहरू बताउँछन्। यसको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीमा मिलाएर खाने गर्नाले पुरुषहरूको यौन दुर्बलता कम हुने बताइन्छ । यसैगरी पिसाब पोल्ने समस्यामा पनि कुरिलो महत्त्वपूर्ण औषधि मानिन्छ ।
कुरिलोको नियमित सेवनले केही हदसम्म क्यान्सर हुनबाट समेत जोगिन सकिने बताइन्छ । साथै चिकित्सकको सल्लाह बमोजिम क्यान्सर रोगीका लागि पनि यो दिएमा फाइदाजनक हुने देखिएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’