Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यसकारण खाने गरौं बहुगुणकारी कुरिलो

यसकारण खाने गरौं बहुगुणकारी कुरिलो

हेल्थ टिभी अनलाइन : कुरिलो तरकारी वा सुप बनाएर खाने चलन छ। खाँदा जति स्वादिलो हुन्छ कुरिलो स्वास्थ्यका लागि उति नै फाइदाजनक छ।

कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन, फाइबर तथा क्याल्सियम साथै विभिन्न पौष्टिक तत्त्व पाइने चिकित्सकहरु बताउँछन्।

यसलाई विभिन्न रोगहरूमा अत्यन्त लाभकारी औषधिको रूपमा प्रयोग गर्न सकिन्छ। कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ। कुरिलो खानाले शरीरलाई शक्ति प्राप्त हुनुका साथै दुर्बलता हटाउन तथा महिनावारी गडबडीमा समेत यो उपयोगी हुन्छ।

यस्तै, भर्खरै बच्चा जन्माएका सुत्केरी महिलाहरूमा दूध नआउने समस्या भएमा नियमित रूपमा कुरिलो खाने गर्नाले दूध आउने चिकित्सकहरू बताउँछन्। यसको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीमा मिलाएर खाने गर्नाले पुरुषहरूको यौन दुर्बलता कम हुने बताइन्छ । यसैगरी पिसाब पोल्ने समस्यामा पनि कुरिलो महत्त्वपूर्ण औषधि मानिन्छ ।

कुरिलोको नियमित सेवनले केही हदसम्म क्यान्सर हुनबाट समेत जोगिन सकिने बताइन्छ । साथै चिकित्सकको सल्लाह बमोजिम क्यान्सर रोगीका लागि पनि यो दिएमा फाइदाजनक हुने देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार