Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा ५३ जना नयाँ संक्रमित थपिए, ४ जना आइसीयूमा उपचाररत

पछिल्लो २४ घण्टामा ५३ जना नयाँ संक्रमित थपिए, ४ जना आइसीयूमा उपचाररत

हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार १२० जनाको नमुना परीक्षण गरिएकोमा थप ५३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३३३ पुगेको छ । आज २० जना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार आइसीयूमा उपचाररत संक्रमितको संख्या ४ रहेको छ भने भेन्टिलेटरमा एक जना संक्रमित उपचाररत छन्।

केही दिन यता नेपालमा संक्रमण दर बढेको छ भने अस्पताल भर्ना हुने क्रम पनि बढेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार