पछिल्लो २४ घण्टामा ५३ जना नयाँ संक्रमित थपिए, ४ जना आइसीयूमा उपचाररत
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार १२० जनाको नमुना परीक्षण गरिएकोमा थप ५३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३३३ पुगेको छ । आज २० जना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार आइसीयूमा उपचाररत संक्रमितको संख्या ४ रहेको छ भने भेन्टिलेटरमा एक जना संक्रमित उपचाररत छन्।
केही दिन यता नेपालमा संक्रमण दर बढेको छ भने अस्पताल भर्ना हुने क्रम पनि बढेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?