ह्याम्स अस्पतालले सुरु गर्यो ‘एस्थेटिक मेडिसिन’ सेवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले छालासँग सम्बन्धित सम्पूर्ण कस्मेटिक र रिकस्ट्रक्टिभ विशेषज्ञ सेवा सुरु गरेको छ ।
आइतबार अस्पतालका अध्यक्ष आरएस भण्डारीले सो विभागको उद्घाटन गरेर सेवा सुरु गरेका हुन्। ‘डिपार्टमेन्ट अफ एस्थेटिक मेडिसिन’ अन्तर्गत छालासँग सम्बन्धित सम्पूर्ण सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ । यसमा सुन्दर बनाउनेदेखि रिकस्ट्रक्टिभ सर्जरीसम्मका सेवा पर्ने सो विभागकी डा प्रगति थापाले बताइन्। उनले भनिन, ‘एउटै छानामूनि छालासँग सम्बन्धित सम्पूर्ण सेवा दिन सकियोस भनेर छुट्टै विभाग बनाएर सेवा सुरु गरिएको हो ।’

यस विभाग अन्तर्गत सुन्दर बनाउनका लागि गरिने हाइड्रो फेसियल, बोटक्स, विभिन्न प्रकारका पिलिङ, लेजर लगायतका सेवा दिइनेछ । अनुहारमा आएका दाग धब्बाहरु हटाउने काम पनि यही विभाग अन्तर्गत पर्छ । सौन्दर्यतामा निखार ल्याउने काम यो विभागको मुख्य उद्धेस्य हो भने रोगको उपचार गर्ने त छँदैछ उनले थपिन ।
उनले यो सेवाका लागि उच्चस्तरीय प्रविधि अस्पतालमा रहेको समेत जिकीर गरिन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?