Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बालबालिकाका लागि २३ लाख डोज फाइजर खोप काठमाडौं आइपुग्यो

बालबालिकाका लागि २३ लाख डोज फाइजर खोप काठमाडौं आइपुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं :  ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोभिड विरुद्धको थप २३ लाख डोज फाइजर पेडियाट्रिक खोप काठमाडौं आइपुगेको छ।

कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २ सय मात्रा फाइजरको पेडियाट्रिक खोप आइतबार काठमाडौं आइपुगेको हो । अहिले खोप सञ्चालन भइरहेका २७ जिल्लाका बालबालिकाका लागि यो खोप आइपुगेको हो । सरकारले यही असार ९ गतेदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पहिलोपटक कोरोना विरुद्धको खोप दिन सुरु गरेको हो ।

पहिलो चरणमा २७ जिल्ला र दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि खोप अभियान सञ्चालन गर्ने लक्ष्य सरकारले लिएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार