नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्धारा स्वास्थ्य पत्रकारका लागि तालिम
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य पत्रकारका लागि स्वास्थ्य अनुसन्धानका विषयलाई कसरी सरल ढंगबाट रिपोर्टिङ गर्ने भन्ने विषयमा तालिम सम्पन्न गरेको छ । परिषदले शुक्रबार ‘ट्रेनिङ वर्कसप अन रिसर्च कम्युनिकेसन -रोल अफ मिडिया’ नामक एक दिने तालिम सम्पन्न गरेको हो ।
एकदिने तालिममा परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले स्वास्थ्यका क्षेत्रमा भएका अनुसन्धानलाई सञ्चार माध्यमले नै सर्वसाधारण समक्ष पुराउने काम गर्ने हुँदा ती विषयहरु सबैले बुझ्ने र सरल हुनुपर्ने बताए । त्यसका लागि सञ्चारकर्मी रिसर्च कम्युनिकेसनका पोख्त हुनुपर्नेमा जोड दिए । अनुसन्धानकर्ताहरुले सञ्चारकर्मीहरुलाई तालिम तथा अपडेट गराउनुपर्नेमा पनि उनको जोड थियो ।
कार्यक्रममा आफनो प्रस्तुती दिंदै डा खेम कार्कीले वैज्ञानिक अध्ययनहरुको रिपोर्टिङ गर्दा त्यो कुरामा कतिको यथार्थ छ र कति गलत छ भन्ने मूल्यांकन गरेर मात्र समाचार लेख्न सबै सञ्चारकर्मीलाई आग्रह गरेका थिए । उनले अनुसन्धान नतिजाहरूको रिपोर्टिङ गर्दा ध्यान पुर्याएर गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा परिषद्का मुख्य अनुसन्धानकर्ता डा मेघनाथ धिमालले अनुसन्धानमा प्राविधिक र जटिल शब्दहरु प्रयोग हुँदा कहिलेकाहीं बुझ्न अप्ठेरो पर्ने भन्दै त्यसलाई सरलीकृत ढंगबाट सबैलाई बुझाउन आवश्यक हुने बताए । अनुसन्धानबाट आएका कुरा सबै समक्ष पुराउनका लागि यसलाई सरल ढंगबाट प्रेस रिलिज वा अन्य माध्यमबाट बाहिर ल्याउन सके मात्र सही अर्थमा अनुसन्धानको प्रयोग हुने बताए । उनले सञ्चारकर्मीलाई यस विषयमा बुझाउन सके अन्य धेरै व्यक्तिलाई मिडियामार्फत बुझाउन सकिने समेत जिकीर गरे ।
तालिममा विभिन्न मिडियामा काम गर्ने ४० जना बढी स्वास्थ्य पत्रकारहरुको सहभागिता रहेको थियो ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य