Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘हैजा अझै फैलिन सक्छ सावधानी अपनाऔं’

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘हैजा अझै फैलिन सक्छ सावधानी अपनाऔं’

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षातको समय भएकाले यो बेला पानी फोहोर हुनसक्ने र यसबाट हैजा लगायतका पानीजन्य रोग फैलिनसक्ने भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईले बिहिबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंमा हैजाका बिरामी पुष्टि भइसकेकाले अझै पनि मनसुन सक्रिय भएकाले यो बेला पानी फोहोर हुने हुँदा यसबाट हैजा लगायतका अन्य संक्रामक रोग फैलिनसक्ने भन्दै सावधानी अपनाउन तथा तयारी अवस्थामा रहन सबै  सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

स्वास्थ्यकर्मी तथा औषधि एवम शैयाहरुको आवश्यक पर्नसक्ने भन्दै सबैलाई पूर्व तयारी अवस्थामा रहन पनि आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकामा हालसम्म १४ जनामा हैजा पुष्टि भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि