देशभर सक्रिय संक्रमितको संख्या २८० पुग्यो, २४ घण्टामा ५५ जना थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ५५ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको २ हजार ६९८ नमुना परीक्षण मध्ये ५५ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या २८० पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १७ जना संक्रमित निको भएका छन्।
गत २४ घण्टामा देशभर ३ लाख १६ हजार ४७७ जनाले कोरोना विरुद्धको खोप लगाएको मत्रालयले जनाएको छ । पछिल्ला केही दिन यता नेपालमा संक्रमण दर बढेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?