Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मेट्रो काठमाडौं अस्पतालमा ब्लड बैंक स्थापना

मेट्रो काठमाडौं अस्पतालमा ब्लड बैंक स्थापना

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको महाराजगंजस्थित मेट्रो काठमाडौं अस्पतालले रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरेको छ ।

अस्पतालमा रगतको अभाव भई बिरामी यताउता भौतारिन नपरोस र उपचारमा सहज होस् भनेर अस्पतालले आफनै ब्लड बैंक स्थापना गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत टोपेन्द्र प्रकाश वलीले जानकारी दिए । आज उनले आफूले रक्तदान गरेर ब्लड बैंकको सेवा सुरु गरेका हुन्।

उनले सेवा सुरु गर्दै बिरामीको सेवामा मेट्रो काठमाडौं अस्पताल सधैं समर्पित हुने र गुणस्तरीय उपचारका लागि कुनै कसर बाँकी नराख्ने समेत प्रतिवद्धता जनाए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार