Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा थप २ जनामा देखियो हैजा, बिरामीको संख्या १४ पुग्यो

काठमाडौंमा थप २ जनामा देखियो हैजा, बिरामीको संख्या १४ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा देखिएको छ। योसँगै हैजाका बिरामीको संख्या १४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राका अनुसार असार २ गतेयता बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजा पुष्टि भएको हो। डा मिश्राले हैजा पुष्टि हुने क्रम बढ्न सक्ने भन्दै पानी उमालेर पिउन तथा सरसफाईमा ध्यान दिन आग्रह गरेकी छिन्।

डा मिश्राले हैजाका बिरामी देखिन थालेपछि विभिन्न क्षेत्रबाट पानीको नमुना संकलन गरेर परीक्षण गरिरहेको र ललितपुरमा संकलन गरिएका १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने जिवाणु भेटिएको जनाइन्।

हैजाबाट बच्न पानी उमालेर मात्र पिउन र खानेकुरामा ध्यान दिन स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार